फेदाप गाउँपालिकाका अध्यक्ष हरी प्रसाद चोङवाङले विश्वभर फैलिएको कोरोना भाईरसको असर फेदाप गाउँपालिकामा पनि परेको बाउनुभयो ।
उहाँका अनुसार कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिहरुको लागि गाँउपालिकाले प्रयाप्त मात्रमा क्वारेन्टाइन र आइसोलेशनहरु बनाएको छ । महामारीको सुरुमा गाउँपालिकाले बाहिर रहेका नागरिकहरुलाई उद्धार गर्ने काम गरेको थियो ।
गाउँपालिकामा अहिले खरको छानो हटाई टिनको छानो लगाउने कार्य धमाधम भईरहेको छ । उक्त कार्यको लगभग ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । विद्यालयहरुमा कम्युटर जडान, रिङरोड र धरान देखी तेह्रथुम जोड्ने सडकको डिपिआरलाई गाउँपालिकाले प्रमुख प्राथमिकता दिएर काम गरिरहेको छ । गाउँपालिकाले पर्यटनलाई पनि बिशेष जोड दिएको छ ।
गाउँपालिकाले गुणस्तरिय प्राविधिक शिक्षालाई समेत जोड दिएको अध्यक्ष चोङवाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्