क्षेत्रपाल माविका विद्यार्थीलाई युवा ब्यवसायी शैलेस श्रेष्ठको शैक्षिक सामग्री

क्षेत्रपाल माविका विद्यार्थीलाई युवा ब्यवसायी शैलेस श्रेष्ठको शैक्षिक सामग्री

नुवाकोट । युवा ब्यवसायी शैलेश श्रेष्ठले नुवाकोटको लिखु गाउँपालिका वडा नम्वर ४ मा अवस्थित क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । उक्त विद्यालयको पूर्व विद्यार्थी सम्म रहनु भएका श्रेष्ठले विद्यार्थीलाई विद्यालय आउने वातावरणमा सहजिकरण स्वरुप विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गनुभएको हो ।

सामुदायिक विद्यालयको सुधार नभएसम्म देशमा गरिव र धनीको खाडल कायम रहने उहाँको धारणा थियो । उहाँले कक्षा ६ देखि १० सम्मका १९० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको थियो । समुदाय प्रहरी साझेदारी अन्तर्गत बाल यौन हिंसा र ट्राफिक सचेतना तथा शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

कार्यक्रममा नुवाकोट प्रहरीका प्रहरी नायव निरिक्षक विकल भट्टराईले विद्यालयका विद्यार्थीलाई ट्राफिक नियमको विषयमा जानकारी दिनुभएको थियो । उहाँले सुरक्षित सडक प्रयोग ट्राफिक नियम लगाएतका विभिन्न विषयमा विद्यार्थीलाई जानकारी दिनुभएको थियो । कार्यक्रममा क्षेत्रपाल गाउँपालिका वडा नम्वर ४ का वडा वडा अध्यक्ष दल वहादुर राई विद्यालयका प्रअ कृष्ण वहादुर राई लगाएतका महानुभावले सामुदायिक विद्यालयको सुधार नभएसम्म देश विकास नहुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्