कोरोना बिरुद्धको अभियानमा भेरीगंगा नगरपालिका

कोरोना बिरुद्धको अभियानमा भेरीगंगा नगरपालिका

सुर्खेत । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) विरुद्ध सक्रिय रुपमा लागेको छ ।

नगरपालिकाका कोभिड फोकल पर्सन बिरेन्द्र घर्तीका अनुसार भेरीगंगामा अहिलेसम्म १ हजार ८६ जनाको पिसिआर परिक्षण र १ हजार ९ सय ८४ जनाको आरडिटि परिक्षण भएको छ । जसमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ७८ जना कोरोनालाई जितेर घर घर फर्किसक्नु भएको छ भने १० जना आईसोलेसनमा उपचाररत हुनुहुन्छ । कोभिड १९ को संक्रमण सुरु भए यता भारत लगायत बिभिन्न मुलकुबाट करिब ३ हजार नागरिक गाउँपालिकामा आउनु भएको कोभिड फोकल पर्सन घर्तीले जानकारी दिनुभयो । उनिहरुलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रोखेर स्वास्थ्य परिक्षण पछिमात्र घर फर्काएको उहाँले बताउनुभयो । अहिले क्वारेन्टाईमा बस्ने मान्छे नभएपछि गाउँपालिकाले निर्माण गरेको सम्पुर्ण क्वारेन्टाईन खाली गरीएको छ । अव गाउँपालिकामा आउने नागरिकहरुलाई जिल्ला सदरमुकाममा प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टाईनमा राख्ने गरिएको उहाँले जानकारी दिनुभयो । अहिले उक्त क्वारेन्टाईनमा भेरीगंगा नगरपालिकाका १० जना महिला र ३५ जना पुरुष गरी ४५ जना रहनुभएको उहाँले जानकारी दिनुभयो ।

भुपेन्द्र बहादुर चन्द,नगरप्रमुख भेरीगंगा नगरपालिका सुर्खेत

महामारीको रुपमा रहेको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र व्यवस्थापनमा आफुहरु अहोरात्र लागिपरेको नगरप्रमुख भुपेन्द्र बहादुर चन्दले बताउनुभयो । उहाँले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न समेत नगरबासीलाई आग्रह गर्नुभएको छ । भेरीगंगा नगरपालिका मात्र नभएर सिंगो देश र विश्व नैं कोभिड १९ बाट प्रभावित भएको बताउदै नगर प्रमुख चन्दले यसको सहि व्यवस्थापनका लागि सरकार–सरकारबीच मात्र नभएर सरोकारवाला सबै निकायहरुबीच बढि भन्दा बढि सहकार्य र समन्वय आवश्यक भएकोमा जोड दिनुभयो । भेरीगंगामा कोभिडलाई समूदायस्तरमा फैलिन नदिन सबै जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरु लागिपरेको नगर प्रमुख चन्दको भनाई छ । बिपद्का बेलानै जनप्रतिनिधिको बास्तविक परीक्षा हुने भएकोले जनतालाई समस्या पर्दा जनप्रतिनिधि नै अगाडी बढ्नुपर्ने उहाँको धारणा छ । गाउँपालिकाभित्र प्रत्येक वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका बिभिन्न चोकमा साबुनपानीले हातधुने ब्यवस्थारिएको र नागरिकको घर घरमा गएर मास्क र सेनिटाईजर लगायतको स्वास्थ्य सामाग्री बितरण गरीएको उहाँले जानकारी दिनुभयो । कोरोना बिरुद्धको जनचेतनाका लागि स्वास्थ्य संस्था र वडा कार्यालयहरुमा प्रचार प्रसार समाग्री पम्पलेट तथा बोर्डहरु राखिएको छ ।
नगरपालिकाले नगरबासीहरुलाई प्रत्यक्ष लाभ पुग्ने खालका योजनाहरुलाई प्राथमिकता पूर्वक सञ्चालन गरिरहेको बताउदै नगर प्रमुख चन्दले वर्तमान संकटपूर्ण अवस्थामा पनि विकास निर्माणका कार्यहरुलाई नियमित रुपमा सञ्चालन गरिरहेको बताउनुभयो । संघिय सरकार र प्रदेश सरकारबाट आफुहरुनै सन्तुष्ट नरहेको अवस्थामा नगरपालिकाको काम बाट सम्पुर्ण नागरीक सन्तुष्ट छन भन्ने आफ्नो दाबी नरहेको उहाँले बताउनुभयो । तर पनि बजेट अनुसारको काम नगरपालिकाले गरिरहेको उहाँले बताउनुभयो । ‘सबै जना सन्तुष्ट छन त भन्न मिल्दैन तर नगरपालिकाको बजेटले भ्याएसम्म काम गरीरहेका छौ’ मेयर चन्दले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्