कोरोनाले भन्दा बाढी पहिरोले ठूलो जनधनको क्षति भयोः अध्यक्ष शाही

कोरोनाले भन्दा बाढी पहिरोले ठूलो जनधनको क्षति भयोः अध्यक्ष शाही

कालिकोट । केही महिनायता विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरसले नेपालमा पनि भयावह रूप लिदै गएको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेको हुनाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि बढ्दै गएको देखिन्छ । नेपालमा तीनै तहका सरकार कोरोना भाइरस रोकथामका लागि धेरै प्रयासहरू गरिरहेका छन् । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्वर बहादुर शाहीसँग गाउँपालिकामा कोरोनाको प्रभाव र कोरोना रोकथामका लागि चालेको कदमका बारेमा केही सवालहरू गरेका थियौं । उहाँसँग भएका छलफलको सम्पादित अंश ।

गाउँपालिकामा अन्य स्थानको तुलनामा कोरोनाको हालसम्म त्यति प्रभाव नपरेको तर सावधानी अपानाउनुपर्ने अध्यक्ष शाहीले बताउनुभयो । गाउँपालिकामा ५ जना व्यक्तिमा कोरोना पोजिटिभ देखिएको र उनीहरूको स्वास्थ्य स्थिति सामान्य रहेको छ । उनीहरूलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको शाहीले बताउनुभयो । गाउँपालिकाले हालसम्म ८०० जनाको पि.सि.आर प्रविधिबाट परीक्षण गरिसकेको शाहीले बताउनुभयो । गाउँपालिकाले सुरुमा ४०० बेडको क्वारेन्टाइनको व्यवस्थापन गरेको थियो भने हाल क्वारेन्टाइनमा बस्नेको संख्यामा कमी आएकाले ५० बेडको क्वारेन्टाइनको व्यवस्था गरेको छ । त्यसैगरी २५ बेडको आइसोलेसनको समेत व्यवस्था गरेको अध्यक्षले बताउनुभयो । त्यसैगरी कोरोना भाइरससँग लड्न गाउँपालिकामा आवश्यक पर्ने स्वास्थ्यकर्मी तथा प्रविधि सबै गाउँपालिकाबाट नै व्यवस्था गरिएकोछ ।

महामारीले मात्र नभएर यस वर्ष प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकार प्रमुखको हैसियतले म धेरै दुःखीत महशुस गरिरहेको छु । कोरोनाको अवस्था सामान्य भएतापनि बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट धेरे क्षति भएका छन् । ३ जनाको मृत्यु पनि भइसकेको छ । ’ कोरोना न्यूनिकरणको लागि गाउँपालिकाले विभिन्न चेतनामुलक कार्यक्रम गरिरहेको छ । मास्कको प्रयोग, साबुनपानीले हात धुने, भौतिक दुरि कायम गर्ने, अनावश्यक बाहिर ननिस्कने लगायतका विषयहरूमा गाउँपालिकाले स्थानीयहरूलाई सुसुचित गराइरहेको छ ।

गाउँपािलकाले समग्र विकासका लागि विभिन्न किसिमका योजनाहरू ल्याएको तर महामारी र प्राकृतिक प्रकोपले गर्दा अघि बढ्न नसकेको अध्यक्षले बताउनुभयो । उहाँले विस्तारै सबै व्यवस्थापन गर्दै विकासका कामहरूलाई अघि बढाउने बतउनुभयो । स्थानीय सरकार र मिडियाबीच राम्रो सहकार्य हुन जरुरी छ भन्दै अध्यक्ष शाहीले महामारीको बेला नेपाल सरकारले बनाएको नियम पालन गरी आफू बचौ र अरुलाई पनि बचाऔं भन्दै सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्