कोरोनाका कारण बिकास निर्माणका कार्य ठप्पः वडाध्यक्ष अर्याल

कोरोनाका कारण बिकास निर्माणका कार्य ठप्पः वडाध्यक्ष अर्याल

अर्खावाङ्ग, गुल्मी । हाल महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाइरहेको छ । यस महामारीको असर नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेको हुनाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि बढ्दै गएको देखिन्छ । नेपालका तीनै तहका सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण हुन्छ ।

नेपाल मिडिया सेन्टरले गुल्मीको मालिका गाउँपालिका वडा नं. ४ अर्खावाङ्गका वडाध्यक्ष हिरालाल अर्याललाई तपाईको वडामा कोरोनाको अवस्था कस्तो छ भनेर सोधेका थियौँ । उहाँले अहिलेसम्म वडामा कसैमा पनि संक्रमण पुष्टि नभएको बताउनुभयो । वडा कार्यालयले अहिले नेपाल भित्र बाट आउनेहरुलाई होम क्वारेन्टाईन र भारत लगायत तेस्रो मुलुकबाट आउनेहरुलाई वडाले नै निर्माण गरेका क्वारेन्टाईनमा राख्ने गरेको छ । उनिहरुको पिसिआर परिक्षण पछि मात्रै घर पठाउने गरिएको बडाध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

कोरोनाको थप नियन्त्रण तथा न्यूनिकरणको लागि गाउँपालिकाले विभिन्न चेतनामुलक कार्यक्रम गरिरहेको छ । मास्कको प्रयोग, साबुनपानीले हात धुने, भौतिक दुरि कायम गर्ने, अनावश्यक बाहिर ननिस्कने लगायतका विषयहरूमा गाउँपालिकाले स्थानीयहरूलाई सुसुचित गराइरहेको छ । बिकास निर्माका कार्यक्रमा खटिएर लाग्ने बेलामा कोरोना महामारी अभिशाप बनेर आएको उहाँले बताउनुभयो । “धेरै कामहरु गर्ने समय हो तर कोरोना महामारीको कारण बिकास निर्माणमा बिनियोजन गरिएका रकमहरु कोरोना बिरुद्धको कार्यमा खर्च गर्नुपरेको छ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य क्षेत्रमा पनी स्वास्थ्यचौकीहरुले भने जस्तो सुविधा दिन नसकेको उहाँको भनाई छ । ‘शिक्षा क्षेत्र पुरै ठप्प छ,’ उहाँले भन्नुभयो । विद्यार्थीको हरु ध्यान अन्यन्त्र जादाँ पहिले पढेका कुराहरुको विर्सीन सक्ने खतरा बढेकोमा उहाँले चिन्ता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थालाई लिएर मजदुर, व्यापार व्यवसायी सम्पूर्ण व्यक्तिहरूको गुनासो छ । काम गरेर खाने मान्छेले काम गर्न पाएका छैनन् । विकास निर्मार्णका कामहरू रोकिएका छन् । त्यसैले अब महामारीलाई नियन्त्रण गर्दै विस्तारै सबै कामहरू अगाडि लैजाने योजना छ’, अध्यक्ष अर्यालले भन्नुभयो । सत्य तथ्य कुराहरू जनतासामु पुर्याउने काम मिडियाले नै गर्नेभएकाले स्थानीय सरकार र मिडियाबिच सहकार्य राम्रो हुनुपर्ने उहाँको तकउ छ । उहाँले सम्पूर्ण वडावासीहरुलाई कोरोनाबाट बच्न साबधानी अपनाउन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्