कोरोनाका कारण बिकट गाउँका विद्यार्थीहरुको शैक्षिक भविष्य अन्योलः वडाध्यक्ष शाही

कोरोनाका कारण बिकट गाउँका विद्यार्थीहरुको शैक्षिक भविष्य अन्योलः वडाध्यक्ष शाही

बझाङ । हाल महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरसले विश्वलाई आक्रान्त बनाइरहेको छ । यस महामारीको असर नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेकोले त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको देखिन्छ । कोरोना महामारीको असरबाट बझाङ जिल्लाको को केदारस्युँ गाउँपालिका वडा नं ९ पनि अछुतो रहन सकेन । उक्त वडामा हालसम्म ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उहाँहरुको अहिले आईसोलेसनमा रहनु भएको वडाध्यक्ष अहेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो । वडा कार्यालयले अहिले नेपाल भित्र बाट आउनेहरुलाई होम क्वारेन्टाईन र भारत लगायत तेस्रो मुलुकबाट आउनेहरुलाई वडाले नै निर्माण गरेका क्वारेन्टाईनमा राख्ने गरेको छ । र उनिहरुको पिसिआर परिक्षण पछि मात्रै घर पठाउने गरिएको बडाध्यक्ष शाहीले जानकारी दिनुभयो ।
वडाबासिलाई कोरोना बाट जोगाउन वडाकार्यालयले जनचेतनामुलक कार्यहरु गरीरहेको छ । मास्क, सावुन लगायतका स्वास्थ्य सामाग्र िवितरण, हेल्थ डेस्क स्थापना, शंका लागेका ब्यक्तीहरुमा कोरोना परिष लगायतका कार्यहरु वडाले गरिरहेको छ । वडाभित्रका मजदुर, बिपन्न बर्गका ब्यक्तीहरुलाई केहि हद सम्म राहत बितरण गरेको वडाअध्यष शाहीले जानकारी दिनुभयो । कोरोना महामारी सँगसँगै बिभिन्न प्राकृतिक प्रकोपका कारण वडाको बिकास निर्माणका कार्यमा सन्तोषजनक प्रकथि हुन नसकेको वडाध्यक्ष शाहीको भनाई छ । “कोरोना महामारी त छदैछ, बाढी,पहिरो जस्ता प्रकोपले मानविय क्षती नभएपनि भौतिकरुपमा धेरै क्षती पु¥याएको छ,” वडाध्यक्ष शाहीले भन्नुभयो । कोरोनाका कारण शैक्षिक क्षेत्रपनि नराम्रो सँग प्रभावित भएको उहाँले गुनासो गर्नभयो । “अरु शहरी क्षेत्रहरुमा त अनलाईन कक्षा चलिरहेको छ हाम्रो जस्तो बिकट वडाका बालबालिका तथा बिद्यार्थीहरुले कसरी पढ्ने ? यो बर्षको शैक्षिक सत्र यत्तिकै जाने भयो”, उहाँले भन्नुभयो ।

बिकास निर्माणको कार्यहरुको सोचे जस्तो प्रगति नभएपनि वडाको काम कारबाहिमा वडाबासि सन्तुष्ट नै रहेको अध्यक्ष शाहीको दाबी छ । बिभन्नि देशबाट रोजगार गुमाएर आएका जागरिहरुलाई फेरि बिदेश नै जानु पर्ने अवस्था आउन नदिन बिभिन्न राजगारमुलक योजनाहरु आफुले बनाईरहेको उहाले बताउनुभयो । कृषि तालिम, बिभिन्न प्राबिधिक तालिम लगायतका प्रोत्साहन मुलक कार्यहरुले उनिहरुको जिविको पार्जनमा सहयोग पुर्याउन वडा कार्यालय अग्रसर रहेको उहाँले बताउनुभयो । उहाँले सम्पूर्ण नेपालीलाई कोरोनाबाट बच्न विभिन्न किसिमका सावधानी अपनाउन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्