के हो कोरोना भाइरस र कसरी बच्ने ?

के हो कोरोना भाइरस र कसरी बच्ने ?

कोरोना भाइरसको प्रकोपले चीन मात्रै होइन, पूरा विश्व नै हायलकायल छ । बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण  पुरै चीनभर र विश्वका २० भन्दा बढी देशमा देखिएको छ । शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण २१३ जनाको मृत्यु भएको छ भने झन्डै १० हजार संक्रमित भएका छन् ।

नेपालमै कोरोना भाइरसको संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ।शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिमा जाँच गर्दा कोरना भाइरसको संक्रमण भएको पुष्टि भएको जानकारी दिएका हुन्। ‘चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिमा जाँच गर्दा कोरना भाइरसको संक्रमण भएको पुष्टि भएको  छ’, श्रेष्ठले भने।उनको स्वास्थ्य परीक्षणका लागि हङकङ पठाइको थियो।उनी प्रत्यक्ष निगरानीमा रहेको उनले बताए। त्यस्तैगरी हङकङबाट आएका अर्का एक व्यक्तिलाई सामान्य अवस्थामा टेकु अस्पतालमा निगरानीमा राखिएको छ।उनीहरुको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइराखेको छ। अस्पतालमा छुट्टै कक्ष स्थापना गरेर बिरामीलाई राखिएको हो।

कहाँ कति संक्रमित?

चीन – २१३ मृत्यु, ९६९२ संक्रमित

थाइल्यान्ड – १४ जना संक्रमित

हङकङ – १२ जना संक्रमित

जापान – ११ जना संक्रमित

सिंगापुर – १० जना संक्रमित

अस्ट्रेलिया, ताइवान – ९/९ जना संक्रमित

मलेसिया, मकाओ – ७/७ जना संक्रमित

अमेरिका, फ्रान्स, दक्षिण कोरिया – ६/६ जना संक्रमित

जर्मनी, यूएई – ४/४ जना संक्रमित

भियतनाम, क्यानडा इटाली – २/२ जना संक्रमित

नेपाल, कम्बोडिया, श्रीलंका, फिनल्यान्ड, फिलिपिन्स, भारत – १/१ जना संक्रमित

टेकु अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार उनलाई प्रत्यक्ष निगरानीमा राखेर परीक्षण भइराखेको छ।उनको थप परीक्षणका लागि हङकङ पठाउने तयारी भइराखेको छ।अहिले उनलाई भने कुनै जटिल समस्या नदेखिएको उनले बताए। ‘विमानस्थलको हेल्थ डेस्कमा उच्च सर्तकता अपनाइको छ।स्वास्थ्यकर्मीको टोली २४ घण्टा खटिने छ’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यहाँ स्वास्थ्य जाँचका लागि उपकरण जडान गरिएको छ। त्यहाँ चीनबाट आउने व्यक्तिलाई निगरानी बढाइएको छ ।’

लक्षणहरू कस्ता हुन्छन् ?

कोरोना भाइरसको संक्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ। केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ।

एडिनबरा विश्वविद्यालयका प्राध्यक मार्क वुलहाउसका अनुसार अहिले देखिएका बिरामीमा रुघाखोकीको जस्तै लक्षण देखिन्छन् र त्यो चाहिँ चिन्ताको विषय हो।
तर यो संक्रमण सार्सको संक्रमण जति गम्भीर प्रकृतिको नहुने उनको भनाइ छ।

कसरी सर्छ ?

चिनियाँ स्वास्थ्यविद् भन्छन्– यो भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ।

कोरोना भाइरसको यो नयाँ संक्रमणका कारण मानिसमा श्वासप्रश्वाससम्बन्धी समस्या देखा पर्छ।

विज्ञहरूले कोरोना भाइरस संक्रमणबाट जोगिन भिडभाडयुक्त स्थानमा नजान, साबुनले हात धोइराख्न र बाहिर निस्किदा मास्क लगाउन सुझाव दिएका छन्।

ज्वरो र रुघाखोकी लागेमा सावधान रहन र चिकित्सकको परामर्श लिनुपर्ने उनीहरूको सुझाव छ।

 

कोरोना भाइरस के हो? कसरी जोगिने?

प्रतिक्रिया दिनुहोस्