कृषि र पशुपालनमा जोड दिदैं , सुर्खेतको चौकुने गाउँपालिका

कृषि र पशुपालनमा जोड दिदैं , सुर्खेतको चौकुने गाउँपालिका

कविता पोखरेल ।

सुर्खेतको चौकुने गाउँपालिकाले कृषि र पशुपालनमा बिशेष जोड दिएर काम गरिहेको छ ।

अध्यक्ष धिर बहादुर शाहीका अनुसार गाउँपालिकाले किसानहरुलाई ब्यवसायीक खेतिमा आकर्षित गर्न कृषिमा अनुदान, तालिम दिने ब्यवस्था गरेको छ । यस्तै गाउँपालिका संचालित बिद्यालयहरुमा कृषि जेटिए, भेटेरिनरी लगायत कृषि र पशुपालन सँग सम्वन्धित प्राविधिक शिक्षाहरुपनि अध्यन गर्ने ब्यवस्था गरिएको छ । गाउँपालिकाले भौतिक पुर्बाधारमा पनि उल्लेखनिय प्रगति गरेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण गाउँपालिकाबासिमा सम्पुर्ण वडाहरुमा स्वास्थ्यचौकीको निर्माण गरिएको छ । नागरिककै सहजताको लागि गाउँपालिकाले १५ शैयाको अस्पतालको शिलान्यास गरि निर्माण कार्य अघि बढाएको छ । गाउँपालिका सम्पुर्ण वडाहरुमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान सन्चालन गरि काम गरिरहेको गाउँप्रमुख चौधरीले जानकारी दिनुभयो । यस्तै सम्पुर्ण वडाहरुमो सिंचाईको सुविधा पुर्याउन गाउँपालिकाले बिशेष प्राथमिकता दिएको छ । गाउँपालिकाले गाउँपालिकाको केन्द्र सम्म सबै वडा लाई जोड्ने सडकको निर्माण कार्य पनि तिब्र गतिमा गरिरहेको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको असर चौकुने गाउँपालिकालाई पनि देखियो तर जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरुको साथ सहयोगले यहाँ नागरिकलाई सुरक्षित राख्न गाउँपालिका सफल भएको छ । कोरोना माहामारीमा गाउँपालिकाले पिडितहरुलाई राहत वितरण, मास्क , सेनिटाइजरको बितरण, आरडिटि र पिसिआर परिक्षण गर्दै यसको नियन्त्रण गर्ने प्रयासहरु गरेको थियो । आगामि दिनमा कोराना माहामारीको असरलाई कम गर्दै गाउँपालिकाको समग्र विकास निर्माणमा केन्द्रित हुने अध्यक्ष थापाको योजना छ ।

प्रतिक्रिया दिनुहोस्