कृषकलाई सहुलियत दरमा ऋण दिदैं, धादिङको वेनीघाट रोराङ गाउँपालिका

कृषकलाई सहुलियत दरमा ऋण दिदैं, धादिङको वेनीघाट रोराङ गाउँपालिका

धादिङको वेनीघाट रोराङ गाउँपालिकाले प्रत्यक वडामा स्वास्थ्य इकाई संचालन गरको छ । गाउँपालिकाका सम्पुर्ण नागरिकहरुमा सहज स्वास्थ्य पहाच पुर्याउन गाउँपालिकाले सम्पुर्ण वडाहरुमा स्वास्थ्य ईकाइ स्थापना गरेका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले बताउनुभयो । यस्तै गाउँपालिकाले १० शैयाको अस्पतालन शिलान्यास गरि निर्माण कार्य समेत सुरु गरिसकेको छ ।

उहाँका अनुसार गाउँपालिको केन्द्रसम्म सम्पुर्ण जोड्ने सडकको निर्माणलाई तिब्रता दिएर काम भइरहेको छ । समृद्धिको अभियानमा लागी परेको वेनीघाट रोराङ गाउँपालिकाले सडक सँगै शिक्षा, स्वास्थ्य, यातायात लागायतका भौतिक पुर्वाधारको राम्रो बिकास गरेको छ । स्वास्थ्य सेवाको पहुँच सम्पुर्ण गाउँपालिकावासिमा पुर्याउन गाउँपालिकाकै पहलमा स्वास्थ्य चौकीको स्थापना गरिएको छ । गाउँपालिकामा नयाँ नयाँ सडकको ट्रयाक खोल्ने भएका सडकहरुलाई पिच गर्ने र स्तोरोन्नती गर्ने कार्य धमाधम गरिरहेको छ ।

गाउँपालिकाले कृषिमा तरकारिखेतिलाई बिशेष प्राथमिकता दिएर काम गरिहेको छ । ब्यवसायक संचालनको लागी सहुलियत दरमा ऋण उपलब्ध गराइएको छ । गाउँपालिकाले निःशुल्क रुपमा ठुलो कृषक तालिम पनि संचालन गर्ने गरेको छ । १५ मेटिक ट्रन क्षमताको चिस्यान केन्द्र निर्माणको चरणमा रहेको छ । गाउँपालिकामा चिनिया सरकारको लगानिमा सिमेन्ट उद्योग समेत संचालनमा रहेको छ । जसबाट स्थानियले प्रत्यक्ष रुपमा लाभ लिईरहेका छन ।
पर्यटन क्षेत्रमा पनि गाउँपालिकाले बिशेष जोड दिएर काम गरिहेको छ । मनमोह गुुफाको प्रचार प्रसार, स्मृति पार्कको निर्माणमा गाउँपालिका लागि परेको छ ।

१० वटा वडा कार्यालय मध्ये ८ वटाको निर्माण कार्य सम्पन्न भईसकेको छ भने २ वटा निर्माणको क्रममा रहेका छन । शिक्षाको क्षेत्रमा गाउँपालिकाले गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई १५ हजार रुपैया छात्रबृति दिने गरेको छ । बिद्यालय भवण निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । सम्पुर्ण वडामा खानेपानिको सुविधा पुर्याउने अभियान लागेको गाउँपालिका ३० प्रतिशत घरधुरी १एक १ धारा जडान गर्न सफल भएको छ । गाउँपालिकाका सम्पुर्ण नागकिहरुलाई बिद्युतको सुविधा पुर्याउन बिद्युतिकरणका काम पनि धमाधम भइरहेको छ ।

गाउँपालिकाका लागरिकलाई बिभिन्न तालिम र सेवा सुबिधा मार्फत स्वारोजगार बनाई आत्मनिर्भर बनाउने योजना बोकेको वेनीघाट रोराङ गाउँपालिकाको योजना रहेको छ । कृषकहरुलाई सहकारीबाटै मल, बिउ उपलब्ध गराइएको छ । कृषि क्षेत्रमा लगानि गर्न चाहने नागरिकहरुलाई सहुलियत दरमा ऋण दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्