कालिन्चोक गाउँपालिकामा विद्यालय र वडा कार्यलयको भवन बन्दै

कालिन्चोक गाउँपालिकामा विद्यालय र वडा कार्यलयको भवन बन्दै

रचना तिमल्सिना/रतन वि.क.
 कालिन्चोक गाउँपालिका । दोलखा जिल्लाको कालिन्चोक गाउँपालकामा विद्यालय र वडा कार्यलयको भवन निर्माण कार्य भइरहेको अध्यक्ष श्री बिन कुमार थामीको भनाई छ । पालिकाको ९ वटा भवन सहित विद्यालयको भवन निर्माण कार्य तिव्र अवस्था रहेको अध्यक्ष थामीले भन्नुभयो । सडक, खानेपानी, स्वास्थ्य, कृषि लगायत सम्पूर्ण क्षेत्रलाई समेट्दै समग्र रुपमा पहिलेको तुलनामा विकास निर्माण कार्यमा निरन्तर अघि बढी रहेको देखिन्छ ।

साथै, पालिकाको सम्पूर्ण आधारभुत विद्यालयहरुमा निःशुल्क किताब विरण र अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएको थामीले बताउनु भयो । कोरोनाको उच्च जोखिम रहेको भन्दैं रोकथामको लागि विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत नागरिकहरुलाई सतर्कता गराएको छ । बाहिरबाट आएको नागरिकहरुलाई १४ दिनसम्म क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने र उनीहरुलाई आवश्यक पी.सी.आर परीक्षण पश्चात घर पठाउने व्यवस्था रहेको अध्यक्ष थामीले भन्नुभयो । यस्तै कोरोनाबाट प्रभावित भएका नागरिकहरुलाई एक व्यक्ति बराबर २ हजारको दरले रकम दिने व्यवस्था पालिकाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्