कान्समा पहिलो पटक पुगेकी प्रियंका यस्ती देखिइन्

कान्समा पहिलो पटक पुगेकी प्रियंका यस्ती देखिइन्

फ्रान्समा आयोजित ‘कान्स फिल्म फेस्टिभल’मा अभिनेत्री प्रियंका कार्की सहभागी भएकी छिन् । उनले २० मे सोमबार कान्सको पार्टीमा सहभागिता जनाएकी हुन् ।

उनी नर्वेजियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिव्युट र गाला डिनर गरी चार कार्यक्रममा सहभागी हुनेछिन् । हलिउड बलिउड सेलिबे्रटी सहभागी हुने विश्व चर्चित फिल्म फेस्टिभलमा नेपालबाट प्रतिनिधित्व गर्दै पहिलो पटक प्रियंका सहभागी भएकी छिन् । उनले उक्त समारोहमा सहभागी भएको फोटो इन्स्टाग्राम र फेसबुक फ्यान पेजमा सेयर गरिरहेकी छिन् । उनले गोल्डेन कलरको गाउन लगाएकी छिन् ।

कान्स फेस्टिभलको ७२ औं संस्करणमा प्रियंका सोमबार देखि शुक्रबार सम्म सहभागी रहने छिन् । यो फेस्टिभल १४ मे देखि २५ मे सम्म आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्