काठमाण्डौमा बसिरहेका वडाका नागरिकमा संक्रमण देखिएको छः वडाध्यक्ष श्रेष्ठ

काठमाण्डौमा बसिरहेका वडाका नागरिकमा संक्रमण देखिएको छः वडाध्यक्ष श्रेष्ठ

ल्याङ्गल्याङ्ग,रामेछाप । महमारीको रूपमा विश्वरभर फैलिरहेको कोरोना भाइरसले नेपालमा पनि भयानक रूप लिइरहेको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेको कारण त्यसको प्रत्यक्ष असर नेपालमा परको देखिन्छ । नेपालका तिनै तहको सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले रामेछाप नगरपालिका वडा नं. ९ ल्याङ्गल्याङ्गका वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठलाई लाई वडामा कोरोनाको प्रभाव कस्तो छ भनेर सोधेका थियौँ । उहाँले वडा भित्र कोरोना महामारीको खासे प्रभाव नदेखिए पनी काठमाण्डौमा बस्दै आउनुभएका वडाबासिलाई कोरोना संक्रमण देखिएको बताउनुभयो । “महामारीको बेला सबे सचेत रहनु पर्छ । अहिले सम्म वडा कोही स.क्रमित नभेटिएको हामी खुसी नै छौं तर सम्भावीत महामारी बिरुद्ध वडा कार्यालयले बिभिन्न जनचेतना मुलक कार्यहरु पनि गरिहेको छ”,उहाले भन्नुभयो । बाहिरबाट नागरिकहरुको आवत जावत बढेकोले संक्रमणको जाखिम पनि बढेको उहाँले बताउनुभयो । वडामा बाहिरबाट आउने व्यक्तिहरूलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।
वडाले टोल टोलमा गएर मास्क, स्यानिटाइजर, साबुन आदि वितरण गरी यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले बताउनुभयो । त्यसैगरी दैनिक ज्याला मजदुरी गर्ने विपन्न वर्गका व्यक्तिहरूलाई यस परिस्थितिमा राहत वितरण पनि गरेको वडाध्यक्ष चोधरीले जानकारी गराउनुभयो । वडाले गरेको निर्णय, काम कार्बाहिप्रति सबै सन्तुष्ट नै रहेको उहाँले बताउनुभयो ।
महामारीले सबै योजना तथा विकासका कामहरूमा ठूलो समस्या निम्त्याएको उहाँले बताउनुभयो । यस महामारीलाई न्यूनिकरण गर्दै सम्पूर्ण विकास निर्माणका कामहरूलाई अगाडि बढाउने उहाँको योजना रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्