कहिँ नभएको कुरो रामेछापमा : एकै बेतमा भैँसीले दुईटा पाडा पायो ! हेर्नेको भीड !

कहिँ नभएको कुरो रामेछापमा : एकै बेतमा भैँसीले दुईटा पाडा पायो ! हेर्नेको भीड !
रामेछाप/ कहिँ नभएको अचम्मको कुरो रामेछापमा भएको छ । भैँसीले एकै बेतमा दुईटा पाडा जन्माएको छ । बाख्राले एकपटकमा दुई वा यो भन्दा बढी पाठापाठी पाएको सुनिएको थियो । गाईँले पनि एकै बेतमा दुईवटासम्म बाछाबाछी जन्माएको देखिएको थियो । तर भैँसीले एकै बेतमा दुईवटा पाडापाडी जन्माएको सुनिएको थिएन ।
तर रामेछापको खाँडादेवी गाउँपालिका वडा नं-६ माकादुम आँगिटारमा एउटा भैसीले दुई वटा पाडा जन्माएपछि हेर्नेको भीड लागेको छ । शनिबार विहान स्थानिय गणेश केसीले पालेको भैँसीले दूईवटा पाडा जन्माएको हाे । केसीले पालेको भैँसीले केही मिनेटको फरकमै एउटा पाडा र एउटा पाडी जन्माएको थियो । भैसीले दुईवटा पाडा जन्माएको र भैसी सहित दुई वटै पाडाको अवस्था समान्य रहेको भैँसी धनी केसीले बताए ।

कसरी हुन्छ यस्तो ?

विज्ञहरुका अनुसार कोषिकाको विभाजन सुरुकै अवस्थामा विभाजित भयो भने अथवा भ्रुणमै कोषिका विभाजन भया मात्र यस्तो अवस्था आउँछ । पशु विशेषज्ञ डा. भोजबहादुर क्षेत्री पाडा वा पाडी के जन्मन्छ भन्ने कुरा भाले क्रोमोजोमले निर्धारण गर्ने बताउनुहुन्छ । उहाँका अनुसार गर्भाधारण प्रकृयामा २३ जोडा अर्थात ४६ वटा क्रोमोजोम हुन्छन् । भालेमा पाइने क्रोमोजोमलाई एक्सवाईले जनाइन्छ भने पाथीमा हुने क्रोमोजोमलाई एक्सएक्स भनिन्छ । जब पोथीको दुईवटा ओभा मध्ये एउटा ओभामा लाखौँको संख्यामा जाने विर्यको मिलन हुन्छ र उपयुक्त बातावरण मिल्छ तव दुईवटा बच्चा पाउने सम्भावना हुन्छ । लतर यस्तो अवस्था आउने सम्भावना निकै कम हुने क्षेत्रीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्