कन्चनरुपका मेयरको अठोट, भ्रष्टचार गर्नु भन्दा आत्महत्या गर्नु नै ठिक

कन्चनरुपका मेयरको अठोट, भ्रष्टचार गर्नु भन्दा आत्महत्या गर्नु नै ठिक

स्थानीय तहको निर्वाचनबाट निर्वाचित मुलुकभरका ७५३ स्थानीय सरकारहरुको आफ्नै विशेषता र आफनै शैलि छ । धेरैका साझा समस्या र चिन्ताहरु पनि छन् भने धेरैका मौलिक विचारहरु पनि यदाकदा प्रकट हुने गर्दछन् । यिनै मध्येको एउटा स्थानीय तह सप्तरी जिल्लाको कन्चनरुप नगरपालिका पनि हो ।
स्थानीय तहको निर्वाचनबाट बहुमतका साथ निर्वाचित नगर प्रमुख वसन्त कुमारको इच्छाशक्ति र अटोठ मुलुकका अन्य स्थानीय तहहरुका लागि पनि अनुकरणिय छ ।
कोरोना भाईरसको महामारीकोबीचमा पनि विकासका कामहरुलाई अगाडि बढाइरहनु भएका मेयर कुमारको वैचारिक सोच र दार्शनिकता पनि त्यतिनै उच्चस्तरको छ ।
विशेषगरि, तिब्र भष्ट्रचार, अनियमितता, र गुटगत व्यवहार जस्ता विकृतिहरुको मेयर कुमार कडा शब्दमा आलोचना गर्नु हुन्छ । उहाँको विश्लेषणमा समाज कमजोर भएको छ र भष्ट्रचार मौलाएको छ, यसले नेपालीहरुको इमान्दारिता माथि पनि प्रश्न चिन्ह खडा गरिदिएको छ ।


उहाँ भन्नु हुन्छ, “जनता कमजोर फुटले, राजनीति कमजोर गुटले र देश कमजोर लुटले ।”
यस्तो चिन्तन राख्ने मेयर कुमार पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रलाई उच्च प्रथामिकता दिएर काम गर्न सके मात्र समाज, देश र नागरिकको हित हुने धारणा राख्नु हुन्छ ।
फेरि एकचोटी उहाँ दृढ आत्मविश्वासका साथ भन्नु हुन्छ, “ भ्रष्टचार गर्नु भन्दा आत्महत्या गर्नु नै ठिक । ”

प्रतिक्रिया दिनुहोस्