औरही नगरपालिका समृद्ध तर्फ अघि बढीरहेको छ: नगर प्रमुख यादव

औरही नगरपालिका समृद्ध तर्फ अघि बढीरहेको छ: नगर प्रमुख यादव

रचना तिमल्सिना
पौष २६, औरही नगरपालिका । महोत्तरी जिल्लाको औरही नगरपालिकामा भौतिक पूर्वाधारहरुको काम तिव्र गतिमा भइरहेको छ । नगर प्रमुख सुनिल कुमार यादवको भनाई अनुसार आफु निर्वाचित भए पश्चात नगरमा सडक, खानेपानी, कृषि, शिक्षा लगायत अन्य विविध क्षेत्रमा विकास निर्माण गर्ने काम तिव्र भइरहेको छ । नगर देखि वडालाई जोड्ने सडकखण्ड निर्माण गर्ने र भएका सडकलाई फराकिलो बनाउने कार्य भएको नगर प्रमुख यादवको भनाई छ ।

पालिका भवन र विद्यालय भवन सहित निर्माण कार्य सम्पन्न भएको उहाँले बताउनु भयो । विगतको तुलनामा हेर्ने हो भने यस नगर विकास निर्माण कार्यमा उल्लेखनीय प्रगति भएको देखिन्छ । समग्रमा स्रोत साधनले भ्याएसम्म नगरले सम्पूर्ण क्षेत्रलाई समेट्दै समृद्धि तर्फ अघि बढीरहेको यादवले भन्नुभयो ।

यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथामको लागि नगरले जनस्तरसम्म विभिन्न जनचेतनामुलक कार्यक्रम मार्फत सतर्कता अपनाएको नगर प्रमुख यादवले जानकारी दिनुभयो । विदेश वा अन्य क्षेत्रबाट आएका नागरिकहरुलाई नगरले क्वारेन्टाइन र होम आइसोलेशनमा राख्ने व्यवस्था गरेको उहाँले जनाउनु भयो । कोरोनाबाट प्रभावित भएका नागरिक र विपन्न परिवारहरुलाई तिन चरणमा राहत वितरण कार्य गरेको नगर प्रमुख यादवले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्