एसईई परीक्षाको नतिजा प्रकाशित,कुन बिषय पढन कति जीपीए चाहिन्छ ?

एसईई परीक्षाको नतिजा प्रकाशित,कुन बिषय पढन कति जीपीए चाहिन्छ ?

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुवरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने उनले बताए ।

३ भन्दा धेरै विषयमा डी र ई ग्रेड आएको वा जीपिए खाली आएको अवस्थामा यो बर्ष परीक्षा रद्ध भएको बुझ्नु पर्ने छ । यस्ता विद्यार्थीले आउँदो बर्षको परीक्षामा फेरी सहभागिता जनाउन सक्नेछन् ।

कुन बिषय पढन कति जीपीए चाहिन्छ ?

एसएलसीमा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) २ ल्याएका विद्यार्थीले मात्रै विज्ञान समूहका विषय पढ्न पाउने भएका छन् ।

उच्च माध्यमिक शिक्षा परिषद्को बोर्ड बैठकले कक्षा ११ मा कुन विषय पढ्न कति जीपीए चाहिने भन्ने तय गरेको छ । जीपीए भनेको अक्षरमा गरिएको विद्यार्थीको मूल्यांकन स्तरीकरणको आनुसांख्यिक मान हो ।

परिषदले बुधबार तय गरिएको मापदण्ड अनुसार विज्ञान समूह अध्ययन गर्न २ जीपीए हुनुपर्छ भने व्यवस्थापन, शिक्षा, मानविकी संकाय अध्ययन गर्न कम्तीमा १.६ जीपीए ल्याउनुपर्ने छ । ३० देखि ४० प्रतिशत अंक ल्याउनेको समग्रमा १.६ जीपीए हुन्छ ।

११ मा पढ्न एसएलसीमा आठ विषयमध्ये अनिवार्य अंग्रेजी, नेपाली, सामाजिक, गणित, विज्ञानमा कम्तीमा डी प्लस ल्याउनैपर्ने छ । अनिवार्य जनसंख्या तथा स्वास्थ्य र अरू दुई ऐच्छिक विषयमा भने डी र ई ल्याए पनि ११ मा पढ्न पाइन्छ ।

अंग्रेजी कमजोर भएका विद्यार्थीले पनि शिक्षातर्फको ऐच्छिक विज्ञानका विषयहरू अध्ययन गर्न सक्नेछन् ।

विज्ञान समूह रोज्ने विद्यार्थीले एसएलसी परीक्षामा अनिवार्य विज्ञान र गणितमा सी प्लस ग्रेड ल्याएको हुनुपर्छ ।

कति प्रतिशत ल्याएमा जीपीए कति ?

GPA Slcसी प्लस भन्नाले ५० देखि ६० प्रतिशत हुन्छ । अंग्रेजीमा सी ९४० देखि ५० प्रतिशत०, सामाजिक र नेपालीमा कम्तीमा डी प्लस ९३० देखि ४० प्रतिशत० ल्याउनुपर्ने हुन्छ ।

कक्षा ११ को प्राविधिकतर्फ अध्ययन गर्न कम्तीमा १.६ जीपीए ल्याउनुपर्ने हुन्छ । यसमा पनि विज्ञान, गणित र अंग्रेजीमा सी ग्रेड, सामाजिक र नेपालीमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।

व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीए, गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।

त्यस्तै सैद्धान्तिक र प्रयोगात्मक भएको विषयमा फरक ग्रेड ल्याउनुपर्ने मापदण्ड तोकिएको छैन । यो निर्णयले प्रयोगात्मकमा ए प्लस र सैद्धान्तिकमा ई ल्याए पनि विद्यार्थीले भर्ना पाउने छन् ।

यसले सिकाइ क्षमता कमजोर भएका विद्यार्थीले पनि कक्षा ११ मा अध्ययन गर्न पाउने भएका छन् । दुई विषयसम्म डी र ई ग्रेड ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था छ ।

अधिकांश विषय अध्ययन गर्न सबै विषय अध्ययन गर्न अंग्रेजीमा सी र डी प्लस ल्याए हुने भनिएको छ ।

यसअनुसार ग्रेड सी भन्नाले ४० देखि ५० र डी प्लसमा ३० देखि ४० प्रतिशत हुन्छ । व्यवस्थापन समूह रोज्ने विद्यार्थीले अनिवार्य अंग्रेजीमा डी प्लस ल्याए पनि हुने व्यवस्था गरेको छ ।

यसअनुसार कुनै विद्यार्थीले प्राक्टिकलमा २४ प्राप्त गरेको छ भने प्लस हुन्छ । सैद्धान्तिकमा ६ नम्बर मात्रै ल्याउँदा ‘ई’ समूहभित्र पर्छ । सैद्धान्तिक र प्राक्टिकलको दुवै नम्बर जोडदा ३० हुन्छ । ग्रेडमा लैजाँदा डी प्लस हुन्छ ।

सैद्धान्तिक र प्राक्टिकलमा कति ग्रेड ल्याउने पढ्न पाउने भन्ने व्यवस्था नगर्दा सैद्धान्तिकमा सिकाइ क्षमता कमजोर भएका विद्यार्थीले पनि माथिल्लो तहमा अध्ययन गर्न पाउने भएका छन् ।

त्यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पनि आंगिक र सम्बन्धन प्राप्त कलेजमा भर्ना लिन आधार तय गरेको छ । तीनवर्षे डिप्लोमा तह अध्ययन गर्न कम्तीमा २ जीपीए ल्याउनुपर्ने हुन्छ ।

स्वास्थ्यतर्फका विषयहरू, इन्जिनियरिङ, कृषि, वन, टुरिज्मलगायत अन्य विषय अध्ययन गर्न पनि अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड नै ल्याउनुपर्ने हुन्छ ।

टीएसएलसी कोर्ष न्यूनतम ई ग्रेड र ०.८ जीपीए ल्याउने विद्यार्थीले पनि अध्ययन गर्न सकिने व्यवस्था गरेको सीटीईभीटीले जनाएको छ । सीटीईभीटीले सिकाइ क्षमता कम भएका विद्यार्थीलाई एकवर्षे कोर्ष बनाएको छ ।

SLC subject

 

प्रतिक्रिया दिनुहोस्