एसइईको पूरक परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

एसइईको पूरक परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि दुई विषयमा सी वा सीभन्दा तल आउने तथा अनुउपस्थित हुनेलाई मौका परीक्षाको लागि समय तालिका सार्वजनिक गरेको हो।

बोर्डका अनुसार साउन २६ गते एक विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि गर्न चाहनेको परीक्षा हुनेछ। सो ग्रेड वृद्धि परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म जिल्ला सदरमुकाममा मात्रै सञ्चालन गरिने बोर्डले जनाएको छ। परीक्षाको आवेदन फारम साउन १५ गतेसम्ममा बुझाइ सक्नुपर्नेछ। गत असार १२ गते एसइई परीक्षाको नतिजा प्रकाशित भएको थियो।

परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस्