एनसेलबारे सर्वाेच्चको आदेश खारेज गर्न विप्लवको चेतावनी

एनसेलबारे सर्वाेच्चको आदेश खारेज गर्न विप्लवको चेतावनी

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले एनसेल कर असुली बारे सर्वाेच्च अदालतले गरेको आदेश खारेज गर्न चे*तावनी दिएको छ। सरकार कै इशारामा अदालतले एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने राष्ट्रघा ति निर्णय गरेको पार्टी महासचिव ‘विप्लव’द्वारा हस्ताक्षरीत विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले अदालतको यो आदेशका विरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । जस अन्तगर्त भदौ १७ गते न्यायाधीसहरुको पुत्ला दहन, १९ गते देशभर मसाल जुलुस, २१ गते एनसेल कार्यालयहरुमा विरोध प्रदर्शन, २३ गते एनसेल कार्यालयमा ताला बन्दी र २६ गते भ्र*ष्टाचारीहरुको पुत्लामा कालोमोसो तल्ने कार्यक्रम तय गरिएको छ ।

‘एनसेबाट अरबौँ रकम घु*स खाएर देशलाई टाट पल्टाउने अपरा*ध गर्ने संसदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि कारबा*हीका लागि जनताहर उठन् आग्रह गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ । एनसेल बारे सर्वाेच्चको आदेश खारेज गर्न विप्लवको चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्