एक घर एक धाराको अभियानमा जुट्दै सिरीजङघा गाउँपालिका

एक घर एक धाराको अभियानमा जुट्दै सिरीजङघा गाउँपालिका

कविता पाेखरेल ।

 सिरीजङघा गाउँपालिका । ताप्लेजुङ जिल्लाको सिरीजङघा गाउँपालिकाको सबै वडामा एक घर एक धारा खानेपानीको अभियान सञ्चालन भएको छ ।

यो आयोजनाले सम्पूर्ण पालिकाको वासिन्दाहरुमा खानेपानी चाँडै पुग्ने अध्यक्ष टिका राम गुरुङको विस्वास व्यक्त गर्नुभयो । उहाँको अनुसार स्थानीय सकारको व्यवस्थापन पश्चात पालिकामा सडक, खानेपानी, स्वास्थ्य, कृषि, शिक्षा लगायत अन्य विविध क्षेत्रमा विकास निर्माण कार्य तिव्र गतिमा भइरहेको अध्यक्ष गरुङले भन्नुभयो । युवाहरुलाई कृषि क्षेत्रमा अग्रसर गराउदै पालिकामा पशरपालन र अन्य क्षेत्रमा विशेष जोड दिएको उहाँले बताउनु भयो ।

आफु पालिकामा निर्वाचित भए पश्चात विगतको तुलनामा भन्दा उल्लेखनीय विकास निर्माण कार्य भएको अध्यक्ष गुरुङ बताउनु हुन्छ । यस्तै, कोरोनो उच्च जोखिम रहेकोले संक्रमण रोकथामको लागि विभिन्न जनचेतनामुलक सन्देश प्रचार प्रसार गरी आफना नागरिकहरुलाई सचेत रहन आग्रह गर्नुका साथै स्वास्थ्य सामाग्रीहरु वितरण गरेको अध्यक्ष गुरुङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्