एकदिन अघि राँके जुलुस, एक दिन पछि दिप प्रज्वलनः कांग्रेस तामाकोशी

एकदिन अघि राँके जुलुस, एक दिन पछि दिप प्रज्वलनः कांग्रेस तामाकोशी

सहरे (दोलखा ) ।। भारतले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेकमाथि अतिक्रमण गरेपछि त्यसलाई फिर्ता ल्याउन र तत्काल ती क्षेत्रहरु समेटर नयाँ नक्सा जारी गर्न माग गर्दै वैशाख ५ गते नेपाली कांग्रेस तामाकोशी गाउँपालिका ५ नं. वडाले बृहत्त राँके जुलुस प्रदर्शन गरेको थियो । सोही दिन मन्त्री परिषदको बैठकले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक समेटर नयाँ नक्सा जारी गरेपछि त्यसको स्वागत गर्दै आज वैशाख ६ गते फेरि दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । लिपुलेकसहितको नेपालको नक्सामा दिप प्रज्वलन गर्दै त्यहाँ भेला भएका कांग्रेसहरुले खुशियाली मनाए ।
अघिल्लो दिन नेपाली कांग्रेस दोलखाका वैकल्पिक जिल्ला सदस्य शंकर न्यौपानेले गाउँपालिकाले आफै पनि राहत वितरण नगर्ने अनि गर्छु भन्नेलाई पनि अवरोध गरेको भन्दै चर्को स्वरले निन्दा गरे । तर दिप प्रज्वलन कार्यक्रममा सरकारले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए । उनले नेपाली कांग्रेसले सरकारका कामहरु हेरेर त्यसको समर्थन र विरोध गर्ने धारण पनि व्यक्त गरे ।
सोही कार्यक्रममा बोल्नेहरुले नक्सा जारी गरे पनि भूमि फिर्ता नगरेसम्म खबरदारी गर्नु पर्ने भनाई राखेका थिए । दिप प्रज्वलन कार्यक्रममा स्थानीयस्तरका नेताहरु सुर्य प्रसाद न्यौपाने, भुलाराम न्यौपाने, सुरज केसी र डबल मिजार लगायतले मन्तव्य राखेका थिए ।
सरकारले जारी गरेको नयाँ नक्सालाई स्वागत गर्दै कांग्रेसले वडास्तरमा कार्यक्रम राखे पनि सरकारको नेतृत्व गरेको पार्टीले भने जिल्लामा कुनै गतिविधिहरु गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस्