उदाहरणीय बन्ने होडमा स्थानीय सरकारहरू

उदाहरणीय बन्ने होडमा स्थानीय सरकारहरू

काठमाडौँ । मुलुक सङ्घीय संरचनामा गएसँगै गाउँ गाउँमा सिंहदरबार अर्थात् स्थानीय तह पुगेका छन् । ७ सय ५३ स्थानीय तह मध्ये धेरै स्थानीय तहले प्रभावकारी काम गर्न नसकेको गुनासो पनी आउने गरेको छ । तर केही स्थानीय तह भने आफूलाई उदाहरणीय रूपमा स्थापित गर्ने कोसिस गरीरहेका छन् ।

रामेछापको खाँडादेवी गाउँपालिकाका संघीय सरकार र प्रदेश सरकारको उत्कृष्टभित्र पर्न सफल भएको छ । संघीय सरकार र प्रदेश सरकारले तयार गरेको सुचाङको आधारमा उत्कृष्टभित्र छनोट गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको सुचाङको आधारमा भौतिक पूर्वाधार, सेवा सुविधा, विकास निर्माण, न्युन बेरुजु लगायतलाई मापदण्ड बनाएर अध्ययन गरेको थियो । सोही आधारमा देशभरका ७५३ स्थानीय तह मध्ये खाँडादेवी गाउँपालिकाभित्र उत्कृष्टभित्र सूचिकृत भएको छ ।

म्याग्दीको धौलागिरी गाउँपालिका वडा नम्बर ४ मा पुल नहुँदा पहिले धेरै समस्या हुन्थ्यो । पुल नहुदा वारिको वारि र पारिको पारि नै हुने समस्या थियो स्थानिय चित्रबहादुर तिलिजा ले बताए । तर अहिले गाँउको स्वरुप फेरीएको छ । पहीले ‘खोलामा लामो काठ, बाँस आदी राखेर वारपार गर्ने गरिन्थ्यो, अहिले पुल बनेपछि सजिलो भएको छ ।’ तिलिजाले भने ।

म्याग्दीमा मात्रै होइन, अहीले स्थानीय सरकार आएपछि बिभिन्न जिल्लाका गाउँमा स्वास्थ्यचौकी मात्रै बनेन्, बाटोघाटो पनि भने जस्तै भएको छ । स्वास्थ्य संस्थामा जानका लागि २ ३ दिन लाग्ने गरेको भए पनि अहिले गाउँमै नागरिकले स्वास्थ्य सुविधा पाएका छन् ।

गाउमा स्थानीय तह नहुदा बिद्यालयहरुका पनी मनपरी चल्ने गरेको थियो । पढाइ पूरै घण्टी नहुने समस्या पटक पटक दोहरिने गरेको थियो । बालबालिका आधा दिनमा घर गइसकेका हुन्थे । तर अहिले नगर, वडाले पढाइलाई निरन्तरता दिएका छन् ।

सर्लाहिको हरिवन नगरपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् । ती सामुदायिक विद्यालयमा नगर शिक्षा प्रमुखले साप्ताहिक रूपमा अनुगमन गर्छन् । नियमित अनुगमनले विद्यालयको शैक्षिक गुणस्तर सुधारिएको अनुभव अभिभावकले गरेका छन् ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको चेपाङ बस्तीमा विद्यालयको भवन थिएन । स्थानीय तहको पहलमा भवन बनेपछि चेपाङ समुदाय खुसी भएको बताउछन, स्थानीय नानीकान्छा चेपाङ ।

पर्वतको महाशिला गाउँपालिकाले ‘एक घर, एक रोजगार’ कार्यक्रम २०७४ सालमा सुरु गर्यो । अहिले गाउँपालिकाको ६ वटै वडाका ३ सय ६९ जनाले रोजगारी पाएका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिका न्यायिक समितिको संरचनामा देशभरिकै उदाहरणीय नगरपालिकाको रूपमा परिचित छ ।
कालिकोटको रासकोट नगरपालिकामा श्रम रोजगार बैँक मार्फत स्थानीय युवाले रोजगारी पाएका छन् । गाउँपालिकाका अध्यक्ष राजु पौडेलले रोजगारी सिर्जनाका लागि गत वर्षको वार्षिक बजेटमा नै २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

डडेल्धुराको अमरगढी नगरपालिका न्यायिक समितिको संरचनामा देशभरिकै उदाहरणीय नगरपालिकाको रूपमा परिचित छ । कतिपय स्थानीय तहले व्यावसायिक तरकारी, फलफूल खेती र पशुपालनको अभियान चलाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्