उत्कृष्ट २५ मध्य को बन्ला ‘प्रेमगीत ३’मा प्रदिपको जोडी ?

उत्कृष्ट २५ मध्य को बन्ला ‘प्रेमगीत ३’मा प्रदिपको जोडी ?

दर्शक तथा समिक्षकको राम्रो प्रतिकृया पाएको चलचित्र ‘प्रेमगीत ‘ को तेस्रो सिरिज ‘प्रेमगीत ३’ निर्माण हुँदै छ । प्रदिप खड्काको लगातार तीन सिरिजमा अभिनय रहे पनि चलचित्र निर्माण टोली यतिबेला प्रदिपको अन स्क्रीन जोडी खोजिरहेको छ ।यसैका लागी खुल्ला प्रतिस्पर्धाबाट उत्कृष्ट एक छानिने गरी १८ वर्ष भन्दामाथि र २५ नपुगेका युवतीहरुले फिल्मको लिड क्यारेक्टर ‘गीत’ का लागि अडिसन दिन सक्ने निर्माण कम्पनीले विज्ञप्तीमार्फत् जानकारी गराएको थियो । निर्माता सन्तोष सेनले २ हजार ७ सय १४ जनाले ‘गीत’ को क्यारेक्टरका लागि आवेदन दिएको बताएका छन् ।

उत्कृष्ट २५ मध्य को बन्ला ‘प्रेमगीत ३’मा प्रदिपको जोडी ?
आवेदन दिएकाहरु मध्येबाट शुक्रवार उत्कृष्ट २५ जना युवतीलाई अडिसनका लागि छनोट गरिएको छ । निर्माता सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठलगायतको टिमले उत्कृष्ट २५को छनौट गरेको हो । ‘प्रेमगीत ३’ मा नयाँ लुक्सलाई भित्राउने हाम्रो तयारी हो । निर्देशक उत्कृष्ट २५ मा छानिएका मध्येबाट क्षमता, लुक्स, उचाई, सुन्दरताको मापन गरेर एकलाई ‘गीत’ क्यारेक्टरमा छान्नेछौं’’, निर्माता सन्तोष शेनले भने । छनौटमा परेकाहरुमा ‘बुगि बुगि’ की विजेता कविता नेपाली देखी चलचित्र ‘चिँ मुसी चिँ’की एलिशा शर्मा, ‘बोल माया’ बोलको गीतबाट चर्चामा आएकी अञ्जली अधिकारी लगायत फिल्म र म्यूजिक भिडियोमा काम गरिसकेका अनुहारहरु तथा बिल्कुन नयाँ अनुहारहरु छन् ।प्रेमगीतको पहिलो भागमा पुजा शर्मा, दोश्रो भागमा अश्लेशालाई लिएका शेनले अब कुन अनुहारलाई आफ्नो चलचित्रको हिस्सा बनाउँनेछन् त्यो केहि समयपछी थाहा हुनेछ । यस पटक सेन आफैंले चलचित्रको निर्देशन गर्दै छन् । चलचित्रले आउँदो चैत २८ गतेलाई प्रदर्शनको मिती तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्