इटहरीका निजी विद्यालयलाई शुल्कको सीमा

इटहरीका निजी विद्यालयलाई शुल्कको सीमा

इटहरी : इटहरी उपमहानगरपालिका भित्र सञ्चालित निजी विद्यालयको लागि शुल्क सीमा निर्धारण गरिएको छ । उपमहानगरपालिका कार्यालयले शुल्क तोकेको हो । उपमहानगरपालिकाले विद्यालयलाई स्तरीयताका आधारमा विभिन्न समूहमा वर्गीकरण गरेर शुल्क तोकेको हो ।

क वर्गका विद्यालयले कक्षा नर्सरीको शुल्क मासिक एक हजार ८ सय रुपैयाँभन्दा बढी लिन पाउने छैनन् । यसैगरी अधिकतम कक्षा १० को लागि तीन हजार ३५० रुपैयाँ शुल्क तोकिएको छ।

यस्तै ख वर्गका विद्यालयले एक हजार ५५० देखि दुई हजार ८५० र ग वर्गका विद्यालयले १ एक हजार दुई सयदेखि दुई हजार २५० रुपैयाँ शुल्क लिन पाउने जनाइएको छ ।

विद्यालयले माथिल्लो कक्षामा थप ८ प्रतिशत भन्दा बढी लिन नपाउने व्यवस्था गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । मनपरी शुल्क बढाउने विद्यालयलाई कारवाहीको दायरामा ल्याउन सहयोग गर्ने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्