आफ्नै आईसोलन भवन बनाउदै दशरथचन्द नगरपालिका

आफ्नै आईसोलन भवन बनाउदै दशरथचन्द नगरपालिका
मेयर नरेन्द्र सिंह थापा दशरथचन्द नगरपालिका, बैतडी

बैतडी । विश्वभरि फैलिएको कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि बैतडीको दशरथचन्द नगरपालिका सक्रियताका साथ लागी परेको छ ।
नगरपालिकामा हालसम्म १ हजार जनाको पिसिआर परिक्षण गरिएको हालसम्म ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका मेयर नरेन्द्र सिंह थापाले जानकारी दिनुभयो । उनिहरु मध्ये हालसम्म ३२ जना कोरालाई जितेर घर फर्किसक्नु भएको र ८ जनाको आइसोलेसनमा राखेर उपचार भईरहेको मेयर थापाले बताउनुभयो ।

नगरपालिकामा सुरुमा भारत लगायत अन्य मुलुकमा रोजगारीमा गएका नगरबासि फर्कने क्रम बढेपछी ११ वटै वडाहरुमा २९ वटा क्वारेन्टाइनको व्यवस्था गरेको तर बाहिर बाट आउनहरुको संख्या घट्दै गएपछी अहिले ५ वटा मात्र क्वोरन्टाईन संचालनमा रहेको उहाँले बताउनुभयो । ‘अहिले क्वारेन्टाईनमा बस्ने कोही हुनुहुन्न ’, उहाँले भन्नुभयो । नगरपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधिको ब्यवस्था अहिले सम्म जिल्ला स्वास्थ्य कार्यालयले गरिरहेको उहाँले जानकारी दिनुभयो । तर स्वास्त्य कार्यालयको आईसोलेसन भवनको अवस्था अत्यन्तै नाजुक रहेको उहाँले बताउनुभयो । त्यसैले नगरपालिकाले नै एउटा विद्यालयमा आईसोलेसन भवन बनाउने निर्णय गरिएको छ ।

नगरपालिका हाल कोरोना मुक्त भएतापनि भविष्यमा आउने संकटका लागि सतर्कता अपनाएको छ । नगरपालिकाले टोल टोलमा माइकिङ गरेर नागरिकलाई सतर्कता गराउने, पोस्टर पम्पलेट टाँस्ने र स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा शिक्षकमार्फत सम्पूर्ण नागरिकलाई यस महामारीबाट बच्नलाई सचेत गराइरहेको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्