अमेरिका छाडेर वडा अध्यक्ष बनेपछी…..

अमेरिका छाडेर वडा अध्यक्ष बनेपछी…..

नुवाकोट । तादी गाँउपालिका आफैमा समृद्धिको प्रशस्तै सम्भावनाहरुले भरिपूर्ण गाँउपालिका हो । यहि गाँउपालिकाको वडा नं.६ को पनि छुट्टै बिशेषता छ । स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित केशव कुमार थापा भिजनवाला जन प्रतिनिधिकै सूचीमा पर्नुहुन्छ ।

गत साता असल संचारसँगको अन्तरक्रियामा अध्यक्ष थापाले आफुले अमेरिका र अन्य धेरै देशहरूमा गएर अनुभव गरेका बिकासका  कार्यहरूलाई आफ्नो वडामा पनि लागु गर्न भरपुर प्रयास गरिरहेको बताउनु भएको छ । प्रतिकूल अवस्थामा पनि काम गर्न सक्ने निडर थापा वडामा माटो सुहाउदो खेती, नगदेवाली, फलफूल खेती, पशुपालन, आवश्यक पूर्वाधारको बिकास तथा शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच जस्ता समृद्धिका सूचकहरूलाई अगाडि बढाईरहेको बताउनुहुन्छ ।

करिव ४ सय घरधुरी र २ हजार जनसंख्या रहेको वडा नं. ६ मा हाल अंग्रेजी माध्यमबाट सामुदायिक विद्यालयमा पठन पाठन सुरु भएको छ । वडावासीका लागि सुविधा सम्पन्न अस्पताल बनाउने आफ्नो योजना तुरुन्त सुरु गर्ने उहाँको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्